मधेशमा माओवादीको संगठन सुदृढिकरण अभियान
नेकपा माओवादी केन्द्र मधेशमा संगठन सुदृढिकरण अभियानमा सक्रिय भएको छ । सोही क्रममा सिरहाका विभिन्न स्थानमा अभियान जारी छ ।
हिजो भगवानपुर गाउँपालिकामा पार्टीले एक कार्यक्रमको आयोजना गरेको बताइएको छ । माओवादीका स्थानीय नेता विजय गुप्ताका अनुसार कार्यक्रममा तीन सय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
माओवादी भगवानपुर गाउँपालिका अध्यक्ष रामविलास यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष गणेश चौधरी, सहिद परिवारकी सुधा यादव, युवा नेता विजय गुप्तालगायतले मन्तव्य राखेका थिए । वक्ताहरूले पार्टी संगठनलाई गतिशील बनाउनु पर्नेमा जोड दिएका छन् ।
भ्रष्टाचारको खुलेर विरोध गर्दै त्यसमा संलग्नहरुको प्रतिवाद गर्नुपर्नेमा सबै एकमत रहेको गुप्ताले जानकारी दिए । कार्यक्रम सञ्चालन प्रोफेसर उमेश यादवले गरेका हुन् ।
टिप्पणीहरू