ड्राइभर छतबाट खसेको घटनामा रविले मुख खोले : राजनीतिकरण नगर्नु होला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्ना सवारी चालक छतबाट लडेर घाइते भएको घटनालाई राजनीतिकरण गरिएको भन्दै असन्तुष्टी जनाएका छन् ।
घटनाले आफूलाई पीडा दिएको उल्लेख गर्दै उनले बोल्ने शब्दसमेत नभएको बताएका छन् । घटना भएको झन्डै १२ घण्टापछि उनले फेसबुकमा लेखेका छन्, ‘म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोके…