शीर्ष नेताहरुबीच पहिले बालुवाटारमा, लगत्तै बालकोटमा छलफल

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा तीन प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान १० बजेदेखि छलफल भइरहेको छ ।

त्यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाबीच बिहान कुराकानी भएको थियो । उहाँहरुबीच बिहान पौने ९ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको हो ।

त्यसपछि दुबै जना बालकोट जानुभएको थियो । हिजो बिहान र शनिबार दिउँसो हुने भनिएको तीन शीर्ष नेताहरुको भेट स्थगित भएपछि एमाले नेतृत्वले हिजो असन्तुष्टि जनाएको थियो । तीन जनाको सहमतिमा सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक, संवैधानिक सुनुवाई समिति नियमावली संशोधनलगायत विषयमा निर्णय गरिने बताइएको छ ।

टिप्पणीहरू