उपनिर्वाचनको अघिल्लो दिन गृह मन्त्रालयमा बैठक

उपनिर्वाचनको अघिल्लो दिन गृह मन्त्रालयमा बैठक

भोलि बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानको निम्ति आवश्यक तयारी  भइसकेको जनाइएको छ ।

यता, निर्वाचन सम्बन्धमा गृह मन्त्रालयमा बैठक बसेको छ । आज दिउँसो साढे १ बजेको समयमा गृह सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा निर्वाचन सम्बन्धी कमाण्ड पोष्टको बैठक बसेको बताइएको छ ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । मुश्किलले आधा घण्टा बसेको बैठकमा नेपाली सेनाका रथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको बताइएको छ ।
Write to Editor & Uttam
 

टिप्पणीहरू