शान्ति प्रक्रिया टुंगोमा पुर्याउन ढिलाई भएकै हो : उपप्रधानमन्त्री

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन ढिलाई भएकै हो : उपप्रधानमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्य जसरी पनि पूरा गर्नुपर्ने बताउनुभएको छ । उहाँले उक्त प्रक्रियालाई पूरा हुन नदिन अनेकौं चलखेल भएको समेत उल्लेख गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यलाई जसरी पनि पूरा गर्नुपर्नेमा आफूहरु रहेको र एउटा पक्ष कुनै हालतमा पूरा हुन नदिन लागिपरेको आरोप लगाउनुभएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले शान्ति प्रक्रिया पूरा भएको डेढ दशक र संविधान जारी भएको झण्डै एक दशक हुन लाग्दा पनि संक्रमणकालीन कानुनको निर्माण र कार्यान्वयन हुन नसक्नुलाई उहाँले सबैको कमजोरीको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

एक अर्को सन्दर्भमा उहाँले भन्नुभयो, ‘सरकारले गरेका राम्रा कामलाई जनतामाझ पुर्याउने र उनीहरुलाई जागृत गराउने काममा तपाईंहरु लाग्नुहोस् र लाग्नुपर्छ ।’

टिप्पणीहरू