पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरु काठमाडौंबाट कोही पूर्व, कोही पश्चिम
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज जनकपुर जानुभएको छ ।
उहाँ आज काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँ बुद्ध एअरको उडानमा बिहान पौने ९ बजे त्यता जानुभएको थियो ।आजै सोही पार्टीका नेता तथा पूर्वमन्त्रीहरु मेटमणि चौधरी र गंगालाल तुलाधार पनि भैरहवा जानुभएको छ ।
उहाँहरु बिहान सवा ९ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट प्रस्थान गर्नुभएको हो । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापा पनि विराटनगर जानुभएको छ । उहाँ बुद्ध एअरको उडानमा काठमाडौंबाट बिहान पौने ९ बजे त्यता जानुभएको हो ।
टिप्पणीहरू