सबै गाडी खरानी, अब भत्ताको सिरानी
जेनजी आन्दोलनका क्रममा खरानी भएका सवारी साधनको नाममा इन्धन सुविधा लिने उपाय निकालेका छन् सिंहदरबारका कर्मचारीले ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेर अन्य निकायका अनियमितता र बेथिति हेर्ने जिम्मेवारीप्राप्त राष्ट्रिय सतर्कता केन्द्रमै यस्तो गडबडी भेटिएको हो । भदौ २४ गते सिंहदरबारभित्रका ५ सय ४१ सवारी साधन खरानी भए । जसमध्ये १ सय ९८ चारपांग्रे र ३ सय ९८ मोटरसाइकल तथा स्कुटर छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १७ मन्त्रालय र अन्य निकायका साढे पाँच स…