एमाले बैठकमा विद्याकाे सदस्यता खुलाउन माग

एमाले बैठकमा विद्याकाे सदस्यता खुलाउन माग

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणलाई वैधानिकता दिनुपर्ने आवाज उठेको छ । 

केन्द्रीय सदस्य माधव ढुंगेलले सदस्यतामाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने मागसहित लिखित पत्र पेश गरेका छन् । केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति तथा तत्कालीन उपाध्यक्ष भण्डारीको सदस्यता नविकरणलाई वैधता नदिने निर्णय गरेको थियो । 

तर, हिजोदेखि शुरु भएको बैठकमा बोल्ने कतिपय केन्द्रीय सदस्यले भण्डारीलाई पार्टीमा प्रतिवन्ध लगाउन नहुने बिचार राखेका हुन् । ढुंगेलसहित मञ्जु गुरुङ, युवराज बाँस्कोटा, मनोज थापा लगायतले भण्डारीलाई सदस्यता दिनुपर्ने मत राखेको बताइएको छ ।

भण्डारीको सदस्यता नवीकरण नहुँदा उनको राजनीतिक अधिकार हनन भएको ती सदस्यहरूको तर्क छ ।
 

टिप्पणीहरू