शीतल निवासमा दुई प्रतिवेदन
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । आज शीतल निवासमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारु आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।
वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ र थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारुले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन् । उनीहरुले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू