अन्तरिम सरकार र प्रतिनिधि सभा विघटनविरुद्ध १६ रिट, छठपछि सुनुवाई
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद विघटन गैरसंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा थप पाँच रिट निवेदन एकसाथ दर्ता भएका छन् । कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधि सभा विघटन विवादमा यी पाँचवटा रिट दर्ता भएसँगै एउटै विवादमा रिट निवेदनको संख्या १६ पुगेको छ ।
सर्वोच्च अदालतले रित पुर्याएर पाँचवटै रिट निवेदनहरू दर्ता भएको जनाएको छ । यी सबै रिट अब एकसाथ संवैधानिक इजलासमा पेस हुनेछन् ।दर्ता भएका सबै रिट निवेदनहरूलाई प्रधानन्यायाधीश प्र…