कुस्त कमाउने पूर्व मन्त्री दिल्ली हुँदै सुटुक्क सिङ्गापुर
भदौ २४ को विध्वंशपछि गुमनाम रहेका काँग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दिपक खड्का नयाँ दिल्ली हुँदै सिंगापुर पुगेको नयाँ तथ्य बाहिरिएको छ । बूढानीलकण्ठस्थित आलिशान निवास जलाइएपछि उनले नयाँ दिल्लीमा उपचाररत ससुरालाई भेट्न स्थलमार्ग हुँदै त्यता गएको आफन्तहरुलाई बताएका थिए ।
केही दिन नयाँ दिल्लीमा बसेर अवस्था अध्ययन गर्दा तत्काल फर्कनु उचित नहुने देखेपछि खड्का त्यहाँबाट बैंकक पुगेको र उतै उतै सिंगापुरतिर लागेको पनि दुई हप्ता भइसकेको उनी निकटस्थ काँग्रेस स्रोतले बतायो । पहिलेदेखि राजनीतिक सहयोगीका रुपमा रहेका एउटा टेलिभिजनका सम्पादक पनि सिंगापुर पुगेपछि खड्का त्यहाँ रहेको सूचना चुहिएको हो ।
विगतमा काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका ती सम्पादकले समेत हालै लेटपोष्ट भन्दै सिङ्गापुरको फोटो हालेका छन् । स्रोत भन्छ, ‘खड्कालाई जिल्लाको आन्तरिक राजनीतिबारे सल्लाह,सुझाव दिने प्रमुख व्यक्ति उनै हुन् । संखुवासभामा खड्कालाई काँग्रेस सभापति बनाउने पनि उनै हुन् ।’
उनीअघि दिपन श्रेष्ठ काँग्रेस सभापति थिए । युवा भएकाले अर्को कार्यकाल पनि सभापति हुन उनी अघि बढेपछि खड्काले आफ्ना खास सहयोगीहरुमार्फत् दिपनलाई केही दिएर कुरा मिलाए । यसरी लेनदेन मिलेपछि आफू चुनाव नउठ्ने भन्दै दीपकलाई सभापति बनाउन दिपन कस्सिएको भरपर्दो श्रोतले जनआस्थालाई बतायो ।
‘कमाएको धेरैजसो पैसा सिंगापुरमा रहेको आशंका छ । अहिले सरसल्लाह गर्न सजिलो र गोप्य स्थान भएकाले पनि सिंगापुर पुगेको हुनसक्छ ।’
दुई छोरी अमेरिका भए पनि यतिखेर खड्का सिंगापुर जानुलाई उनको आर्थिक व्यवहार र हिसाबकिताबसँग जोडेर हेरिएको छ । स्रोत भन्छ, ‘कमाएको धेरैजसो पैसा सिंगापुरमा रहेको आशंका छ । अहिले सरसल्लाह गर्न सजिलो र गोप्य स्थान भएकाले पनि सिंगापुर पुगेको हुनसक्छ ।’
खड्कामाथि अकुत सम्पत्ति कमाएको आरोप छ । साँच्चिकै छानबिन हुने अवस्थामा उनी मुद्रा शुद्धिकरणमा पर्ने निश्चित रहेको काँग्रेसीहरुको बुझाइ छ । ‘तर मन्त्री भएपछि कति कमाए वा कमाएनन् त्यो थाहा छैन,’ खड्काको पहिलेका एकजना घरजग्गा पार्टनर भन्छन्, ‘पहिले उनी काम गर्न जापान गएका थिए । उताबाट फर्केपछि काठमाडौंलगायत विभिन्न शहरी क्षेत्रका घरजग्गामा लगानी गरे । घरजग्गा व्यवसाय उत्कर्षमा पुगेकाले कुस्त कमाए ।’
खड्काले पछिल्लो समय काँग्रेस राजनीतिमा होमिएका विवादास्पद व्यवसायी तथा पूर्व सांसद विनोद चौधरीसँग जलविद्युतमा साझेदारी गरेका थिए । बूढानीलकण्ठदेखि झापासम्म पाँचतारे होटल खोलेका उनले लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर पार्टी प्यालेस सञ्चालन गरे पनि सरकारलाई तिर्नुपर्ने रकम तिरेका छैनन् ।
टिप्पणीहरू