एमाले बैठकमै सोधियो : ‘फरार अपराधीको यत्रो आँट ?’
नेकपा (एमाले)को हिजो सम्पन्न दशौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा सबैभन्दा कडा ढंगले प्रस्तुत भए केन्द्रीय सदस्य पासाङ शेर्पा । उनले ओलीको बचाउ मात्र गरेनन्, ओलीको राजीनामा र पार्टी पुनर्गठनको माग गर्ने नेताहरूमाथि विदेशी खुफिया एजेन्सीको एजेण्ट भएको गम्भीर आरोप समेत लगाए।
उनले भने, ‘ओलीलाई हटाउनुपर्ने भन्ने एजेण्डा विदेशी खुफियाको एजेण्डा हो। त्यो एजेण्डा कार्यान्वयन गर्ने नेपाली हस्तीहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं हुन्। अहिले हाम्रै केही ने…