ओलीद्वारा एमाले नेताहरूलाई फेसबुकमा नलेख्न आदेश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा नेतृत्व पुनर्गठनको बहस नगर्न केन्द्रीय सदस्यहरुलाई कडा निर्देशन दिनुभएको छ ।
उहाँले नेतृत्वको विरोधमा फेसबुकमा स्टाटस नलेख्न र अन्तर्वार्ता दिँदै नहिंड्न पनि सचेत गराउनुभएको छ । केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई सम्बोधन गर्दै आदेशात्मक शैलीमा भन्नुभयो, 'आइन्दा फेसबुकमा नलेख्नु,अन्तर्वार्ता दिँदै नहिंड्नु ।'
जेन जी प्रदर्शनपछि ओलीको नेतृत्व क्षमतालाई लिएर एमालेमा बहस चलिरहेको छ । यसअघि सचिवालय बैठकमा बहुमत नेताले उहाँलाई मार्गप्रशस्त गर्न सल्लाह दिएका थिए ।
तर, कुनै हालतमा अध्यक्ष नछोड्ने अडानमा रहेका ओली यसै विषयलाई लिएर सचिवालयमा पनि सचिव योगेश भट्टराईसँग झोक्किनुभयो । बाहिर किन बोल्दै हिँडेको भनेपछि दुई जनाबीच चर्काचर्कीसमेत परेको थियो ।
टिप्पणीहरू