सुशीलालाई प्रधानमन्त्री बनाउनेले अपजश बोक्नु पर्दैन ?
मूलतः राजधानीको सम्पदा बचाउमा अग्रसर पात्र हुन्, शैलेश शाक्य । काठमाडौंको नेवारी संस्कृति र सभ्यतामाथि कहीँ–कतैबाट अतिक्रमण तथा आक्रमण हुँदा अग्रमोर्चामा देखिने उनकै सक्रियतामा रानीपोखरी बचाउ, गुठी विधेयकविरुद्ध आन्दोलन मात्र होइन, बालेन साहका डोजर सामाखुशी, न्युरोड पुग्दा चर्काे विरोध भयो । हालै कुमारी बनेकी आर्यतारा शाक्य उनकी नातिनी हुन् । उनका ससुरा कनकमान २०१७ सालमा नेपाली कांग्रेस काठमाडौंको सभापति सुवर्णसमशेर र गणेशमान सिंहको सल्लाहकार र स्वकीय सचिव थिए । ३…