पार्टी खोल्ने तर चुनाव नलड्ने, कार्यकारी नहुँदासम्म चुप नबस्ने
‘जेन–जी’ आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने तर आगामी निर्वाचनमा भाग नलिने बताएका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले आफ्नो नेतृत्वमा नयाँ दल गठन प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । पार्टी खोले पनि चुनाव नलड्ने तर प्रत्यक्ष निर्वाचित कार्यकारीको माग पूरा नभएसम्म आफूहरु चुप लागेर नबस्ने उनको भनाइ छ ।
‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आफूहरूको मुख्य एजेन्डा हो’ भन्दै उनले अगाडि बताए ‘यो माग पूरा नभएसम्म उनीहरू कुनै पनि निर्वाचनमा सहभागी हुने छैनौं । मुद्दा सुन्ने र समाधान नगरेसम्म हामी चुप लाग्दैनौं ।’
उनले जेन–जीहरुलाई संगठित भएर अघि बढ्न आह्वान गरेका छन् ।
टिप्पणीहरू