स्टन्टकै पछि कुदिरहने सरकार ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भित्र्याएको 'स्टन्ट'को राजनीतिलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ । प्रतिनिधिसभाको निर्वाचन गराउने म्याण्डेटसहित गठित अन्तरिम सरकारका केही मन्त्रीका सार्वजनिक घोषणा,कार्यशैली र कतिपय निर्णय त्यस्ता देखिएका छन् ।
भदौ २४ गतेको जेन जी वितण्डाले देश खरानीमा परिणत भएको छ । सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको मनोबल खस्किएको छ । खर्बौ क्षति व्यहोरेको व्यवसायिक क्षेत्र पलायनको डिलमा पुगेको छ । समाज अहिले पनि भय र …