ओलीको घोषणामा युवराज र अष्टको आपत्ति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा नजाने घोषणा गरेपछि दुई जना उपाध्यक्षले तत्कालै प्रतिवाद गरेका छन् ।
केन्द्रीय कमिटी बैठकमा आज समापन मन्तव्य राख्दै ओलीले चुनावलाई भन्दा संसद पुनर्स्थापनामा जोड दिने र त्यसका लागि जनपरिचालन गर्ने निर्णय सुनाएका थिए । त्यसमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले असहमति जनाएका हुन् ।
त्यसक्रममा बैठक हलमा केहीबेर हल्लाखल्लासमेत भएको थियो ।
टिप्पणीहरू