'नरम हुनुस्' भन्दा केपी ओली झन् कडा

'नरम हुनुस्' भन्दा केपी ओली झन् कडा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीका नेताहरूसँग बेस्कन झर्किएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने कतिपय नेताले नरम भाषामा बोल्न आग्रह गरेकोमा उनले उल्टै ठाडो जवाफ फर्काएका हुन् । 

बैठकको अन्तिम दिन आज सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘साथीहरूले नरम भाषामा बोल्नुस् भन्नुभएको छ, अब यसमा म चिनी पनि थपिदिउँ ? कति थप्ने हो ?’

त्यसक्रममा उनले अहिलेको सरकार जसरी पनि आफूलाई जेलमा हाल्ने योजनामा रहेको पनि बताए । ‘सरकारले कसरी हुन्छ केपी ओलीलाई थुन्ने सल्लाह गरिरहेको छ’, ओलीले भने, ‘यो माग जेन जीको होइन, जेन जीले हामी दलविरुद्ध छैनौँ भनिसकेका छन्, तर सरकारमा भएकाहरूले जेन जीको माग भनेर मलाई थुन्ने योजना बनाइरहेका छन् ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउनुपर्ने धारणा राख्ने नेताहरूलाई पनि ओलीले ‘माइती बनेर आउनुपर्दैन’ भन्दै कटाक्षपूर्ण जवाफ फर्काए । भने, ‘उहाँ (भण्डारी)लाई म राम्ररी जान्दछु, कोही यहाँ माइती बनेर आउनु पर्दैन ।’

टिप्पणीहरू