सर्वोच्चमा इजलास तयार,संसद पुनर्स्थापनाको मुद्दा दायर हुनसक्ने
भदौ २४ गतेको जेन जी विध्वंशमा ध्वस्त बनाइएको सर्वोच्च अदालतले भोलिदेखि आफ्ना सेवा सुचारु गर्ने भएको छ । हिजो बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूल कोर्ट) ले रिट निवेदन,मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु दर्ता गरी सुनुवाई थाल्ने निर्णय गरेको छ ।
भदौ २४ गतेको विध्वंशपछि अदालतले खरानी उठाउँदै टेण्ट टाँगेर बनाइएको इजलासबाट सीमित सेवा दिँदै आएको छ । आजसम्म बन्…