सुमनाकाे सूची के का लागि ?

सुमनाकाे सूची के का लागि ?

राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ नयाँ पार्टी खोल्ने गृहकार्यमा लागेको पाइएको छ । सामाजिक अभियन्ताको छवि बनाएका युवाहरुलाई समेटेर उनले नयाँ समूह निर्माण गरिरहेको र त्यही समूहलाई राजनीतिक दलमा रुपान्तरण गर्ने योजना बनाएको खुलेको हो । 

विश्वस्त स्रोतका अनुसार सुमनाले हाल विदेशका राम्रा युनिभर्सिटीहरुमा पढेर स्वदेश फर्किएका युवाहरुको सूची बनाइरहेकी छन् । उक्त सूचीमा हाल मन्त्रीको लागि सिफारिसमा परेको भनिएकी टासी ल्हाजोमको समेत नाम रहेको स्रोतको दावी छ । ‘उहाँ (सुमना)ले काबिल युवाहरुको सूची बनाइरहनुभएको छ’, स्रोतले भन्यो, ‘त्यो सूचीमा टासीको नाम पनि छ।’

रास्वपा नेताहरुको मिडिया ट्रायलले हद नाघेको बनाउँदै भदौ अन्तिम साता पार्टी परित्याग गरेकी सुमना प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहणमा पुग्ने एक मात्र पूर्व मन्त्री हुन् । प्रधानमन्त्री कार्कीसँगको निकटताले रास्वपापंक्तिबाट ‘अवसरवादी’काे ट्याग पाएकी उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग मिलेर नयाँ दल खोल्ने योजना समेत बताएकी थिइन् । तर पछिल्लो समय विकसित घटनाक्रमले उनी बालेनसँग रुष्ट हुन पुगेको बताइन्छ । उनले सागर ढकाल, गोपी हमालसहितका नेताहरुसँग भने यसअघि नै एउटै समूहमा बसेर काम गर्ने सहमति जुटाइसकेको स्रोतको दावी छ ।
 

टिप्पणीहरू