शीतल निवासमा साढे १० बजे छलफल

शीतल निवासमा साढे १० बजे छलफल

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेन जी प्रतिनिधिहरुबीच छलफल गर्न लागिएको छ । शीतल निवासमा बिहान साढे १० बजेका लागि छलफलको समय तोकिएको बताइएको छ ।

अस्ति बिहान छलफल गर्ने समयमा राष्ट्रपति बिरामी भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएपछि उनीहरुसँग प्रधानमन्त्री कार्कीले मात्रै कुराकानी गर्नुभएको थियो । आज राष्ट्रपतिको उपस्थितिमा छलफल हुन लागेको हो ।

अस्तिको कुराकानीमा सरकार एनजीओ, आइएनजीओका प्रतिनिधिहरुले चलाएको हो ? भन्ने एकजना जेन जी प्रतिनिधिको जिज्ञासामा प्रधानमन्त्रीले चर्कै स्वरमा बुझेर बोल्न आग्रह गर्नुभएको थियो ।

टिप्पणीहरू