तीनकुनेमा एमाले किसानकाे प्रदर्शन

तीनकुनेमा एमाले किसानकाे प्रदर्शन

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध महासंघले भोलि (मंगलबार) तिनकुनेमा प्रदर्शन गर्न लागेको हो । 

सुशीला कार्की नेतृत्वको मन्तिपरिषद्ले गत विहिबार भूमि समस्या समाधान आयोगसहित सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको थियो । तर सरकारले भूमिहीनहरुमाथि अन्याय गरेको ठहर गर्दै महासंघले आयोग खारेजीको निर्णय फिर्ता लिनुपर्ने बताएको हो । 

भोलि तिनकुनेमा शान्तिपूर्ण प्रदर्शन र कोणसभा गरेर सरकारको ध्यानाकर्षण गर्ने महासंघको तयारी छ ।

टिप्पणीहरू