पूर्वसभामुखसँग साढे आठ करोड मागदाबी

पूर्वसभामुखसँग साढे आठ करोड मागदाबी

विद्युतीय चुरोट (भेप)मार्फत् सुन तस्करी गरेको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले आज काडमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

उनीमाथि तीन कसुर दाबी गर्दै दर्ता गरिएको अभियोग पत्रमा महरासँग आठ करोड ५५ लाख २८ हजार बराबरको बिगो दावी गरिएको छ । उनको थुनछेक बहस भोलि हुने छ । 

भेपमार्फत् चीनबाट नौ किलो सुन तस्करी गरिएको प्रकरणमा महरालाई हिजो साइबर ब्युरोले खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

टिप्पणीहरू