ओलीलाई नेतृत्व छाड्न दबाब, उषाकिरणले सम्झिन् ‘घोडा’काे कविता
नेकपा (एमाले) को जारी केन्द्रीय समिति बैठकमा युवा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न आग्रह गरेका छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा हिजोदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सदस्यहरूले धारणा राखिरहेका छन् । अहिलेसम्म बोलेका अधिकांशले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।
केन्द्रीय सदस्यहरु रचना खड्का, रामलाल साह लगायते मुख्य नेतृत्वले विश्राम लिन उपयुक्त हुने मत राखेका छन् । हिजो बोल्ने समय पाएका अधिकांश केन्द्रीय सदस्यहरूले पनि ओलीकै नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने आशय व्यक्त गरेका थिए । यद्यपि, ओलीले तत्काल नेतृत्व नछाड्ने अडान लिँदै आएका छन् ।
उता, अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले भने कतिपय युवा नेतामा समेत ओली प्रवृति देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले कवि मनु मञ्जिलको कविता स्मरण गर्दै कटाक्षपूर्ण टिप्पणी गरेकी हुन् ।
जेन जी प्रदर्शनपछि शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल लगायतका नेताहरूले ओलीको समर्थनमा चर्को अभिव्यक्ति दिइरहेकाे देखिन्छ । त्यसतर्फ लक्षित गर्दै तिमिल्सिनाले मनु मञ्जिलको कविता स्मरण गरेकी हुन् ।
- घोडाको सोचलाई
कुटेर यसरी दास बनाइएको छ,
यसरी लास बनाइएको छ
कि ऊ मुक्ति नै लगामसहितको खोज्छ,
स्वर्ग नै तबेलासहितको खोज्छ।
टिप्पणीहरू