बालेन र सुदनविरुद्ध चितवनमा जाहेरी

बालेन र सुदनविरुद्ध चितवनमा जाहेरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका सुदन गुरुङलाई पक्राउ तथा कारबाहीका लागि आज चितवनमा पनि जाहेरी परेको छ।

गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको नाममा देशभर आगजनी, तोडफोड, लुटपाट र सार्वजनिक सम्पत्ति ध्वस्त पार्न उक्साएको आरोपमा नेकपा एमालेको युवा संघले आज दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी बुझाएको हो।

जाहेरी बुझेपछि प्रहरी उपरीक्षक गोविन्द पुरीले भने, ‘जाहेरी प्राप्त भएको छ। यस सम्बन्धमा के गर्न मिल्छ हामी गर्छौं।’

त्यसबेला एसपीको कार्यकक्षमा रत्ननगरस्थित दाना उद्योगको पर्खाल भत्किएको विषयमा साहु र पीडित पक्षबीच छलफल भइरहेको थियो।

टिप्पणीहरू