राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने चेतावनी
सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
क्याविनेटका निर्णय सुनाउन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजावादीहरुले उग्रता कायमै राखे प्रतिबन्ध लगाउनुको विकल्प नहुने स्पष्ट पारेका हुन् ।
‘सरकारले जेठ १५ गते खुलामञ्चमा गणतन्त्र दिवस मनाउँदैछ, राजावादीहरुले पनि चुनौती दिएर त्यही प्रदर्शन गर्दैछन् नि ?’ भन्ने पत्रकारको जिज्ञासामा मन्त्रीले 'यसो…