माओवादीप्रति एमाले नेताको टिप्पणी : एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ

माओवादीप्रति एमाले नेताको टिप्पणी : एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ

सत्तारुढ नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गरेका छन् । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको बचाउमा उनको यस्तो टिप्पणी आएको हो । 

संसदको पूर्वाधार विकास समितिको बैठकमा आज बोल्दै शाहीले कर्मचारीलाई 'रोल मोडल' बनाएर रुने असर माओवादीमा रहेको बताए । अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रम हटाउँदा कहिँकतै बिरोध नहुने तर नेपालमा भने रोईकराइ गर्ने परिस्थिति बनेको उनको भनाई छ । यद्यपि नेपाल र अमेरिकामा फरक-फरक शासन प्रणाली अभ्यासमा रहेको तथ्य भने उनले खुलाएनन् । 

एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरुले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाईरहेको भन्दै सांसद शाहीले उदेक व्यक्त गरे । ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ । अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज गर्यो, त्यहाँ रोइ कराइ छैन’, उनले भने, ‘एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ । यो सिस्टम खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्पभन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । उनै साथीहरु एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ ।’

एमालेकै अर्का सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाई हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत प्राधिकरण अर्बौं रुपैयाँ घाटामा गयो भन्नेकुराको स्पष्ट जवाफ दिन आग्रह गरे । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई भन्नुपर्ने उनको भनाई छ ।
 

टिप्पणीहरू