प्रधानमन्त्रीलाई बोलीमा लगाम लगाउन गगनको सुझाव
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलीमा लगाम लगाउन सुझाव दिएका छन् । प्रधानमन्त्रीले हिजो एक कार्यक्रममा ‘जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा हुनुपर्छ’ भनेपछि सर्वत्र आलोचना भइरहेको पृष्ठभूमिमा महामन्त्री थापाले सचेत गराएका हुन् ।
बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी बैठक सकिएपछि सञ्चारकर्मीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सोधेको जिज्ञासामा उनले उक्त सुझाव दिएका हुन् । प्रधानमन्त्री ज…