गंगाराम प्रचण्डमा समाहित, पहाडिया र मधेशीबीच कित्ताकाट

गंगाराम प्रचण्डमा समाहित, पहाडिया र मधेशीबीच कित्ताकाट

पहिले नयाँ शक्ति र अहिले नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका डा.बाबुराम भट्टराईको साथ छाडेका गंगानारायण श्रेष्ठ सहअध्यक्ष रहेको पार्टी नेपाल समाजवादी आजदेखि पुष्पकमल दाहाल प्रचण्डको माओवादी केन्द्रमा समाहित हुँदैछ । 

बिहान ११ बजे ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्याङक्वेटमा हुने पार्टी एकीकरण कार्यक्रमपछि समाजवादी पार्टीको मधेशवादीहरु मात्रै रहेको अर्को टिमको नेतृत्व महेन्द्र राय यादवले गर्नेछन् । अर्कोतिर भट्टराईले नेतृत्व गरेको समूह कायम रहनेछ । प्रचण्ड नेतृत्वको माओवादी र श्रेष्ठ नेतृत्वको समूहबीच हुन लागेको एकीकरणले पहाडेहरुबीच एकता भएको सन्देश गएको छ ।

उक्त पार्टीका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये एक सय जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दावी छ ।

टिप्पणीहरू