जेन–जी विध्वंशमा आकाशको राजनीति हावी : पूर्व परराष्ट्रमन्त्री पाण्डे
पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि पूर्व राजदूत महेन्द्रबहादुर पाण्डेले भदौ अन्तिम साताको जेन जी विध्वंशले एउटा सकारात्मक सन्देश दिएको बताएका छन् । विदेशी स्वार्थ समूहको योजनामा उक्त विध्वंश मच्चिएको दावी गरेका उनले भदौ २४ गतेपछि मुलुकमा भयंकर विद्धान हुँ भन्नेहरुको मुखुण्डो उघारिएको उल्लेख गरे ।
नेपालमा पश्चिमाहरुको उक्साहटमा छिमेकी मित्रराष्ट्र चीनलाई चिढाउन तिब्बती शरणार्थीको नाममा काठमाडौैंमा अनेक हर्कत हुने गरेको तथ्य पनि उनले उजागर गरेका छन् । अन्तिम अवस्थामा पुगेका एक जना क्यान्सर रोगीलाई केही वर्षअघि भारतबाट ल्याएर बौद्धमा आत्मदाह गराउनेम्मको हर्कत गरिएको थियो ।
हाम्रो कूटनीति कमजोर हुनुको अर्को उदाहरण दिँदै उनले भनेका छन्,‘विदेशमा रहेका कार्यवाहक राजदूत वा उपनियोग प्रमुखले नै श्रीमती वा श्रीमानलाई सम्बन्धित मुलुकमा कामदारको हैसियतमा खटाएपछि देशको हैसियत कहाँ पुग्ला ?’
पाण्डेसँग जनआस्थाले गरेको विस्तृत कुराकानी यो लिंकमा :
टिप्पणीहरू