रोल्पा हिँडेका माओवादी नेता रुकुममै रोकिए

रोल्पा हिँडेका माओवादी नेता रुकुममै रोकिए

दश वर्षे जनयुद्धको आधारभूमि मानिने रोल्पाको थवाङमा आज नेकपा (माओवादी केन्द्र)ले आमसभा गर्न लागेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रीय जनजागरण अभियानका दौरान रोल्पा पुगेका उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमसभामा भाषण गर्ने कार्यक्रम छ । 

मूलत: रोल्पा र थवाङबाटै आक्रमण-प्रत्याक्रमणको रणनीति माओवादीले बनाएको थियो । आज प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा, नन्दकिशोर पुन, पम्पा भुसाललगायतको टोली सो भूगोलमा पुग्न लागेको हो । 

हिजो रुकुप पश्चिममा बास बसेको अभियान टोली आज रुकुम पूर्वको मुसिकोट हुँदै दिउँसाे एक बजे रोल्पा प्रवेश गर्दैछ । गएराती वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपमहासचिव जनार्दन शर्माले आफ्नै घरमा लगेर बास बसालेका थिए भने बिहान मुसिकोटमा कर्णाली प्रदेशका इञ्चार्ज कालीबहादुर मल्लले प्रचण्डलाई भेडाको ऊनबाट निर्मित कपडा उपहार दिदैँ बिदाइ गरेका थिए । 

त्यस क्षेत्रमा हल्का वर्षा भइरहेकोले प्रचण्डसहितको टोली विस्तारै थवाङ पुगिरहेको स्थानीय एक नेताले जानकारी दिए । कार्यक्रमको तयारी सम्पन्न भइसकेको उनले बताएका छन् । 

स्मरण रहोस्, प्रचण्ड डेढ वर्षपछि थवाङ पुग्न लागेका हुन् । यसअघि उनी ०८० कार्तिकमा पनि पार्टी अभियानकै लागि त्यहाँ पुगेका थिए ।
 

टिप्पणीहरू