नेपाल हेर्ने भारतीय हाकिम गृह मन्त्रालयमा
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव एवम् नेपाल–भुटान डेस्क प्रमुख मुनु महावर सिंहदरबार पुगेका छन् । उनी भारतीय राजदूतवासका डिसिएम डा.राकेश पाण्डेसहित तीन जनाको टोली लिएर त्यहाँ पुगेका हुन् ।
बिहान साढे १० बजे गएका महावर र गृहमन्त्री ओमप्रकाश अर्यालबीच पौने ११ बजेदेखि छलफल भइरहेको छ । उक्त टोलीमा भारतीय विदेश मन्त्रालयकी उपसचिव सकेता राजा मुसिनीपाल्ली पनि छिन् ।
फागुन २१ गते हुने भनिएको चुनावको तयारी र त्यसमा आफ्नो सरकारले पुर्याउनसक्ने सहयोगवारे छलफल हुने एजेन्डा रहेकोे श्रोतले बतायो ।
टिप्पणीहरू