काँग्रेस नेताको ‘सहकारी डिभोर्स’
एमाले सांसद सूर्य थापाले कांग्रेस उपसभापति धनराज गुरुङले श्रीमतीसँग ‘सहकारी डिभोर्स’ गरेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धनराजकी पत्नी ज्योति हाल अमेरिकामा रहेकाले नेपाल ल्याएर कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सभापति समेत रहेका थापाले धनराज र ज्योतिबीचको डिभोर्स शंकास्पद रहेको तर्क गरे । धनराजले श्रीमतीसँग डिभोर्स भइसकेको र अहिले आफू सम्पर्क नरहेक…