निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै एमाले अखिल

निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै एमाले अखिल

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । 

युवालाई देशभित्रै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा र शिक्षक सेवा आयोगका निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागेको हो । 

‘विभिन्न पेसा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरुको अभिलाषालाई पूरागर्न यस कमिटीले लोकसेवा आयोग र शिक्षा सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न गइरहेको...,’ विज्ञप्तिमा उल्लेख छ । 

देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरुले आगामी पुस १५ गतेभित्र आवश्यक विवरणसहित आफु सहभागी हुन चाहेको कक्षाका लागि आवेदन पेश गर्न सक्ने कमिटीले जनाएको छ ।

टिप्पणीहरू