गर्मीमा महाधिवेशन, जाडोमा जिम्मेवारी

गर्मीमा महाधिवेशन, जाडोमा जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी) ले विभिन्न नेताहरुको कार्य विभाजन टुंगो लगाएको छ । महाधिवेशन भएको पाँच महिनापछि बल्ल पार्टीले केन्द्रीय कमिटीमा रहेका नेताहरुको जिम्मेवारी तोकेको छ ।

संगठन विभाग प्रमुखको जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ । संगठन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि दावी गरेका थिए । तर पार्टी अध्यक्ष माधवकुमार नेपालको चाहनामा उक्त जिम्मेवारी भुसालले हात पारेको बुझिएको छ । वरिष्ठ उपाध्यक्ष पाण्डेलाई भने मोर्चा संगठनको जिम्मेवारी दिइएको हो । 

पार्टीका सम्मानित नेता झलनाथ खनालले विदेश विभाग हेर्ने जिम्मेवारी पाउँदा प्रमेश हमालले स्कुल विभाग हेर्ने भएका छन् । त्यस्तै, पार्टीले सातै प्रदेशका इञ्चार्जको लागि पनि नेताहरुको टुंगो लगाएको छ । सुदूरपश्चिममा भानुभक्त जोशी, कर्णालीमा चन्द्रबहादुर शाही, लुम्बिनीमा सोमप्रसाद पाण्डे, गण्डकीमा श्रीनाथ बराल, बागमतीमा गंगालाल तुलाधर, मधेशमा धर्मनाथ साह र कोशीमा जगन्नाथ खतिवडालाई प्रदेश इञ्जार्ज तोकिएको बताइन्छ । 

त्यस्तै पार्टीले रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्कासहित १७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।
 

टिप्पणीहरू