उजुरी फछ्र्यौट गर्न उपसमिति गठन, बैठककै छैन ठेगान
मुलुकमा सुशासन कायम राख्न संसदीय समितिको भूमिका अह्म हुन्छ । ‘मिनी संसद्’ को रुपमा समेत चिनिने संसदीय समितिको मुख्य काम सुशासन कायम राख्नु, राज्यका कामकारबाहीमाथि निगरानी गर्नु, सरकारलाई पारदर्शीसँगै जवाफदेही बनाउनु र खबरदारी गर्नु हो । तर, वर्तमान समयमा ती समितिलाई नै कसले जवाफदेही बनाउने ? भन्ने गम्भीर प्रश्न खडा भएको छ । प्रतिनिधि सभाअन्तर्गत १३ वटा समिति छ ।
त्यसैमध्येको एक हो, राज्य व्यवस्था तथा सुशासन समिति । नाममै सुशासन भएको सो समितिले वास्…