आवेदनकै दिन श्रम स्वीकृति

आवेदनकै दिन श्रम स्वीकृति

वैदेशिक रोजगार विभागले आवेदन भरेकै दिन श्रम स्वीकृति प्रदान गर्न थालेको छ । विभागले आजदेखि आवेदनकै दिन श्रम स्वीकृति जारी हुने प्रणाली लागु गरेको छ ।

विभागले सेवा प्रवाहलाई चुस्त, दुरुस्त र मर्यादित बनाउन र श्रम स्वीकृति कार्यलाई प्रभावकारी बनाउन रितपूर्वक अनलाइन आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने तयारी केही समयअघि थालेको थियो । जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विभागबाट सम्पादन हुँदै आएको श्रम स्वीकृतिको कार्यलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी बनाउनका खातिर आज उप्रान्त अनलाइन एप्लिकेशन भरेको दिनमै (रितपूर्वक अनलाइन एप्लिकेशनको हकमा) श्रम स्वीकृति दिने परिपार्टी र पद्धतीको शुरुवात गरिएको छ ।’

यसबाट सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी सेवा पाएको अनुभूति हुने विश्वास व्यक्त गर्दै विभागले आगामी दिनमा अझ प्रभावकारी एवं जनमुखी सेवाप्रवाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

टिप्पणीहरू