गोलन्जोरमा गोलमाल, बगरमा बन्ला त ताल ?
-फणीन्द्र ज्वाला
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा,बालुवा,गिट्टी आदि प्रयोग गरेबापत कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप छ । पालिकाले स्थानीयसँग प्रति ट्याक्टर ५०० रुपैयाँ कर लिने गरेको छ । तर ठेकेदारलाई ठूलो परिमाणमा नदीजन्य पदार्थ प्रयोग गर्दा कर नलिइएको तथ्य फेला परेको छ । ‘स्थानीय नागरिकले व्यक्तिगत उपभोगका लागि एक ट्रक बालुवा–झिक्दा ५०० रुपैयाँको रसिद काट्नुपर्छ,नत्र प्रहरीले गाडी नियन्त्रणमा लिन्छ’, एक स्थानीयले भने, ‘तर गत…