कोदो दिवसमा रोपाइँ र पुरस्कार
सरकारले कोदो उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने उद्देश्यले पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ।
आज साउन १६ गते मनाइँदै गरेको यो दिवसले साना किसानहरूको जीवनस्तर सुधार गर्ने र खाद्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदो आयात गरिएको थियो। तर अब सरकारले कोदो आयातमा रोक लगाउने निर्णय गरेको छ। साथै, जैविक विविधता जोगाउने र जलवायु परिवर्तनको प्रभाव न्…