ओरोकेन संगीतको खम्बा ८१ वर्षीया वृद्धा

ओरोकेन संगीतको खम्बा ८१ वर्षीया वृद्धा तस्बिरमा नेई शुमेई

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रकी ८१ वर्षीया नेई शुमेईले ओरोकेन परम्परागत लोकगीत गाएर युवा पुस्तालाई प्रेरित गर्दै आएकी छन् ।

उनले जान्डारेन नामक आफ्नो जातीय संगीतलाई जोगाएर राख्न र पुस्तौंपुस्तासम्म पुर्याउन उल्लेखनीय योगदान दिएको बताइन्छ । उक्त गीत ओरोकेन समुदायका लागि मनोरञ्जन  मात्र नभई  चिनियाँ साँस्कृतिक धरोहरको अभिन्न अंग भइसकेको छ ।

ओरोकेन संस्कृतिलाई जिवित राख्ने उनका गीतहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । लाखौँ मानिसले ओरोकेन संगीतको महत्वसमेत बुझेका छन् । उनले जान्डारेन संगीतलाई आत्मीय तरिकाले प्रस्तुत गरेकीले समाजले सांस्कृतिक सम्मान र पहिचानको महशुस गरेको छ ।

ओरोकेनको मौखिक परम्पराको संरक्षण गर्न नेईको प्रयास अतुलनीय छ । यी परम्परागत गीतहरू लिखित रूपमा नहुँदा, नेईका प्रयासले ओरोकेन संस्कृतिलाई भविष्यमा पनि जिवित राख्ने बताइन्छ ।

चिनियाँ टेलिभिजन सिसिटिभीका अनुसार नेईका गीतले सांस्कृतिक धरोहरको पुनरुत्थानमा योगदान र युवा पुस्तालाई सांस्कृतिक सम्पदा संरक्षणमा प्रेरणा दिएको छ । ओरोकेन परम्परामा उनको यो  प्रयास एक अद्वितीय उदाहरण बनेको छ ।

टिप्पणीहरू