टोकियोमा दुई चिनियाँमाथि आक्रमण, प्रहरी अनुसन्धान तीब्र
जापानको राजधानी टोकियोको मध्यभागमा रहेको चियोडा वार्डमा आज बिहान दुई चिनियाँ नागरिकमाथि हिंसात्मक आक्रमण भएको छ । गम्भीर घाइते उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
फलामे पाइपले हमला गरेपछि कान्साई क्षेत्रको नम्बर प्लेट भएको कारबाट आक्रमणकारीहरु भागेका थिए ।
स्थानीय सञ्चार संस्था जिजी प्रेसका अनुसार २० वर्ष उमेरका चार जना युवा चिनियाँ नागरिकहरूमाथि फलामे पाइपले प्रहार गरेपछि उनीहरु त्यहाँबाट भागेको देखिन्छ । पीडित दुबैको टाउकोमा गम्भीर चोट लागेको छ । पहिचान नभएका आक्रमणकारीको लुटपाटको उद्देश्य नरहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
चिनियाँ नागरिकमाथिको आक्रमण जापानी समाजमा दुर्लभ घटनामध्येको एक हो । प्रहरीले सडकको सीसीटीभी फुटेज र सवारी नम्बर प्लेटमार्फत खोजी कार्य अघि बढाइएको टोकियो मेट्रोपोलिटन प्रहरीले जनाएको छ । टोकियो प्रहरीका अनुसार आक्रमणकारीको खोजी जारी राख्दै चिनियाँ दूतावाससँग समन्वय भइरहेको छ ।
टिप्पणीहरू