जनार्दनलाई केन्द्रमा दबाब, जिल्लामा तनाव
केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्व विरुद्ध बोलेकोमा आत्मआलोचनाको दबाब झेलेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बैठक लगत्तै गृह जिल्लाका कार्यकर्तामाझ पुगेका छन् । रुकुम पश्चिममा उनले जिल्लाका माओवादी नेता–कार्यकर्ता आफ्नै पक्षमा एकताबद्ध रहेको देखाउन पार्टीमा हैसियतअनुसारका कार्यकर्तासँग अलग–अलग बैठक गरेका हुन् ।
प्रभाकर जिल्ला आउँदा प्रायः कार्यकर्ताबीचमा अन्तरक्रिया गरिहाल्छन् । तर यसपटकको छलफललाई भने अर्थपूर्ण रूपमा हेरिएको छ …