सम्धीका नातेदारको शान

सम्धीका नातेदारको शान

सैनिक र तिनका परिवारको उपचारका लागि छाउनीमा स्थापित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानसेनापति अशोकराज सिग्देलको सम्धी भनेर चिनाउँदै हिँड्ने सिइयो भुवन कुँवरको पेलान चर्काे छ । गत चैतदेखि अस्पतालको जिम्मेवारी सम्हालेका उनका रजिष्ट्रारहरूसँग पनि उनको सम्बन्ध राम्रो छैन । 

जमदार, सुवेदारहरूलाई चाहेकै ठाउँमा पोस्टिङ गरिदिने आश्वासन दिएर धन्दा चलाइएको छ । उनी प्रधानसेनापतिका सम्धी यादव कुँवरको नातेदार पर्छन् । यादव विगतदेखि नै सेनाको निर्माण ठेक्कापट्टामा संलग्न छन् । सिग्देलका एक मात्र छोरा आशुतोष र यादवकी छोरी इभनिकाको गत फागुनमा विवाह भएको हो । 

‘उनी चिफको सम्धी नै चाँहि होइनन्, सम्धीको नातेदार हुन् । यादवले राजेन्द्र चिफसाबलाई डल्ले साहु बनाए । अब उनको नातेदारबाट अशोक चिफसाबले सो टाइटल पाउन बेर छैन’, स्रोतले भन्यो । गरिब सिपाहीहरूलाई मतलबै गर्दैनन् भने भिआइपीको अघि–पछि लागेर भ्याउँदैनन् । कोशेली बुझाउन नसक्दा एक अधिकृत मानार्थ उपाधि पाउनबाट वञ्चित भएका छन् । सेनामा तीन दशक बिताएका लेफ्टिनेण्ट कर्णेल कृष्ण कार्कीलाई अवसरबाट वञ्चित गरिएको हो । सिपाहीदेखि जागिर खाएका उनी मेजर हुँदै कर्णेलसम्म भए । माथिबाट आदेश आउँदा पनि हिसाब नमिलेर मानार्थ दिएनन् ।
 

टिप्पणीहरू