जंगी अड्डामा घाेर अत्याचार
नेपाली सेनाको आर्थिक प्रशासन निर्देशनालयमा भर्खरै जिम्मेवारी सम्हालेका ३९ बेसिकका लेखा सहायकरथी खुमबहादुरले लगत्तै जिल्लाबासी लेखापाल महासेनानी राजु के.सी, महासेनानी महेश्वर कार्की, सुबेदार श्रीराम खत्रीसँग मिलेर भद्रगोल गरेका छन् । अधिकांश स्थानमा कार्की र खत्री थरका नातेदारलाई लगिएको छ । १६८ जनाको सरुवा गरिएकोमा ११० जनाबाट कोशेली उठाएको आरोप छ ।
अत्याधिक बजेटयुक्त कार्यालयतिर सरुवा पाउनेमा लेखा सुबेदारहरु श्रीराम खत्री (कृषि तालिम केन्द्र), प्रदीप खत्री (सैनिक आवासीय महाविद्यालय भक्तपुर), लेखा सु रामकृष्ण खत्री (प्यारा तालिम शिक्षालय), ईश्वर खत्री (विकास निर्माण निर्देशनालय), अरुण खत्री (सैनिक अभिलेखालय), श्रवण खत्री (सैनिक इन्टेलिजेन्स महानिर्देशनालय), उत्तम केसी (सैनिक आवासीय महाविद्यालय बर्दिवास), सुकदेव सिम्खडा (वन तथा पर्यावरण सुरक्षा गण), मुकुन्द थापा (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय), लक्ष्मण खड्का (फिल्ड अस्पताल रुपन्देही), विनोद खड्का (सम्भारथी विभाग खरिद शाखा), महेश्वर कार्की (सुन्दरीजल आर्सनल कार्यालय), कृष्णबहादुर कार्की (राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय), नरबहादुर कार्की (सैनिक आवासीय महाविद्यालय बुटवल), मदनकुमार कार्की (सैनिक आर्थिक प्रशासन निर्देशनालय), बलराम कार्की (समारोह सञ्चालन निर्देशनालय), जगदिश रोक्का (सैनिक अस्पताल), लक्ष्मण रोक्का (कल्याणकारी योजना निर्देशनालय) छन् भने लेखापालहरुमध्ये ५० भन्दा बढीलाई एउटै जिल्लामा पुनः सरुवा गरिएको छ । न्यूनतम ३ वर्ष एउटै कार्यालयमा राख्न सकिने भए तापनि खत्री र कार्कीलाई व्यवस्थापन गर्न १ वर्ष नपुगेका लेखापालको समेत बिजोग बनाई हटाईएको देखिन्छ । सुबेदार श्रीरामले कतिपय पदिक र लेखा सुबेदार मधु अधिकारी, सरोज पौडेल, हरेराम अधिकारीजस्ता १०० भन्दा बढी लेखापालको सरुवा लुकाई कोशेली उठाएको जानकारी प्राप्त भएको छ भने केही व्यक्तिको पोष्टिङकै दिन तथ्य लुकाई आन्तरिक काज व्यवस्थापन गरिएको छ ।
जर्नेल खुसबहादुर, मसे राजु लमजुङ र सुवेदार श्रीराम तनहुँ जिल्लाका हुन् । युद्धकार्य निर्देशनालय, सम्भाररथी विभाग, कल्याणकारी योजना निर्देशनालय र फास्ट ट्रयाकमा बसी काठमाडौंमा आलिशान महल ठड्याउने अधिकृत यिनै हुन् ।
खरिद शाखामा दुई पटक सरुवा भएका राजु केसी हालसमेत राष्ट्रिय गौरव मानिने फास्ट ट्र्याकमा बिनादरबन्दी भनसुनको भरमा बसिरहेका छन् भने सैनिक आर्थिक प्रशासनको डोसियर फाँटका लेखापाल श्रीराम १० वर्षदेदिख जगी अड्डाको विभिन्न बजेटयुक्त अड्डाको अलावा राजु केसीको मिलोमतोमा लेखापालको सरुवा फाँटमा रहेका छन् ।
– पीडित लेखापालहरु
टिप्पणीहरू