चीनमा बस्ने पश्चिमा कूटनीतिज्ञहरु चीनलाई चिढ्याउँदै
बेइजिङस्थित युरोपेली मुलुकका दूतावासहरूले आगामी महिना चीनमा आयोजना हुन लागेको भव्य सैन्य परेडमा भाग नलिने सम्भावनाबारे छलफल गरिरहेका छन् । हंगकंगबाट प्रकाशित हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ का अनुसार परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहभागिता भए आफूहरुले बहिष्कार गर्ने सम्बन्धमा उनीहरुले छलफल गरेको बताइन्छ ।
‘साउथ चाइना मर्निङ पोस्ट’ले पाँच वटा स्रोतको हवाला दिँदै लेखेको छ, ‘युरोपेली दूतावासहरूलाई परेडमा सहभागी हुन औपचारिक निम्तो पठाइएको छ । तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सहभागिता र सम्भावित रूपमा रूसी सेनाको उपस्थितिले युरोपेली कूटनीतिज्ञहरूलाई असहज बनाएको छ ।’
युक्रेनमाथि आक्रमण झन् तीव्र बनाइरहेका बेला पुटिनको उपस्थितिमा चीनको सैन्य परेडमा उपस्थित हुनु युरोपेली देशका लागि राजनीतिक रूपमा जटिल हुने युरोपेली अधिकारीहरूले टिप्पणी गरेका छन् । छलफलमा सहभागी एक वरिष्ठ कूटनीतिज्ञले भने, ‘युक्रेन आक्रमण गर्ने त्यही सैनिकहरूसँग एउटै कार्यक्रममा उपस्थित हुनु हाम्रालागि कठिन विषय हो, यद्यपि रूसी राष्ट्रपति र रुसी सैनिक परेडमा सहभागी हुने वा नहुने भन्नेबारे पुष्टि भइसकेको छैन ।’
टिप्पणीहरू