ताइवान चीनकै हिस्सा :भारत

ताइवान चीनकै हिस्सा :भारत

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरबीच भएको भेटवार्तामा दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई अगाडि बढाउने सहमति भएको छ । भारतीय विदेशमन्त्री जयशंकरले ताइवान चीनकै हिस्सा रहेको तथ्य पुनः पुष्टि गर्दै भारत राजनीतिक विश्वास अझ गहिरो बनाउन, आर्थिक–व्यापारिक सहकार्य विस्तार गर्न र सीमा क्षेत्रमा शान्ति कायम राख्न इच्छुक रहेकोबोर स्पष्ट पारेका छन् ।

भेटमा चिनियाँ विदेशमन्त्री वाङले चीन–भारत दुवै मुलुकले प्रमुख विकासशील राष्ट्रका रूपमा वैश्विक जिम्मेवारी बहन गर्दै आपसी विश्वास, सहकार्य र सहअस्तित्वमा जोड दिनुपर्ने बताएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । यो वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवलाई अवसरका रूपमा प्रयोग गर्दै विकास र समृद्धितर्फ स्रोत केन्द्रित गर्नुपर्ने चिनियाँ विदेशमन्त्रीको भनाई छ ।

भारतीय विदेशमन्त्री जयशंकरले द्विपक्षीय सम्बन्ध तल्लोस्तरबाट माथि उठ्दै सामान्यीकरणतर्फ गएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘स्थिर, सहकार्यपूर्ण र भविष्यमुखी सम्बन्ध दुवै मुलुकको हितमा हुने छ ।’

फोटो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू