‘सदस्यता नवीकरणबारे औपचारिक जानकारी छैन’

‘सदस्यता नवीकरणबारे औपचारिक जानकारी छैन’

पूर्व राष्ट्रपति तथा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सदस्यता नवीकरणबारे आफूलाई औपचारिक जानकारी नभएको बताउनुभएको छ । उहाँले पार्टीभित्र सदस्यता नवीकरणको विषयबारे कुनै आधिकारिक जानकारी नपाएको स्पष्ट पार्नुभयो ।

भण्डारीले भन्नुभएको छ, ‘सदस्यता नवीकरणबारे पार्टीको औपचारिक कुरा के छ, त्यो मलाई थाहा छैन । औपचारिक जानकारी आएको छैन ।’ उहाँले आफू ४५ वर्षदेखि एमालेको संगठित सदस्यका रूपमा आबद्ध रहेको उल्लेख गर्नुभयो । 

विराटनगर विमानस्थलमा भन्नुभयो, ‘अझै पनि पार्टीकै कार्यकर्ता हुँ ।’ एमालेको नीति–कार्यक्रम अनुसार अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदै उहाँले राष्ट्रपतिको पद आवधिक भएकाले कार्यकाल सकिएपछि जोकोही नागरिक जीवनमा फर्किन सकिने जिकिर गर्नुभयो ।

टिप्पणीहरू