भक्तपुुरमा अशक्तलाई घरमै नागरिकता
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले शारीरिक अशक्तता भएकालाई घरमै पुगेर नागरिकता वितरण गर्न थालेको छ । बोल्न, हिँडडुल गर्न र बस्न नसक्नेहरुलाई प्रशासनले घरमै पुगेर नागरिकता दिन थालेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई नागरिकता प्रदान गरेको छ । हिँडडुल गर्न र बस्न तथा बोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्…