घनश्याम र भीम रावलसङ्ग एकीकृत समाजवादीको वार्ता जारी
नेकपा एकीकृत समाजवादी पार्टीको अस्ति र हिजो बसेको स्थायी कमिटी बैठकमा राजनीतिक अवस्थाको गहन विश्लेषण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुनेसम्मको विषयमा मिहीन ढंगले छलफल भएको बताइन्छ ।
त्यसैले पार्टीले केही दिन ‘पर्ख र हेर’ को अवस्थामा बस्ने बीचको बाटो अवलम्बन गरेको छ । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल कस्तो हुन्छ हेर्ने भन्ने मत बलियो देखियो । चलखेल धेरै भएकाले सरकार कति समय…