बाराका प्रजापतिले किन बोकी हिंडे जिउँदो कछुवा ?

बाराका प्रजापतिले किन बोकी हिंडे जिउँदो कछुवा ?

प्रहरीले दुई वटा जीवित कछुवासहित एक किशोरलाई पक्राउ गरेको छ । बारा घर भई हाल काठमाडौं महानगरपालिका–२९ न्यू प्लाजा बस्ने १८ वर्षीय एकलब्य प्रजापतिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको विशेष टोलीले आज बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ पहेँलो पुलबाट उनलाई समातेको बुझिएको छ । हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू